कम्प्यूटर ज्ञान(Computer knowledge)

आँफैले आफ्नो कम्प्युटरलाई slow बनाइराख्नु भएको छ कि ?
यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ,ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै टाईम लाग्छ आदी आदी । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १,२ वा ४ जिबी सम्म्को ram होला । यो सुरु नै हुन्छ ढिलो र काम पनि ढिलो । त्यसमाथी हामी आँफैले जानीजानी वा अन्जानमा आफ्नो कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौ । यसको प्रमुख कारण हो स्टार्टअप प्रोग्राम । हामीले आफ्नो स्टार्टअप प्रोग्रामलाई एडिट वा ब्यबस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौ । स्टार्टअप प्रोग्राम भनेको त्यो हो जुन तपाईंको कम्प्युटर खुल्ने बित्तिकै आँफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको taskbar को shortcut icon मा देखापर्छ । यसरी देखिएका icon कम्प्युटर स्टार्ट हुने बितिक्कै आँफै खुलेका प्रोग्रामहरु हुन । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै । यानी कि कम्प्युटरमा एउटै समयमा अन्जानमै एक भन्दा धेरै प्रोग्रामहरु चलीरहेका छन । यसमा कुनै कुनै जरुरी पनि हुन्छ तर धेरै जसो तपाईंलाई जरुरतै छैन । जतीधेरै स्टार्टअप प्रोग्राम हुन्छ त्यती नै धेरै कम्प्युटर slow हुने गर्दछ । त्यसैले तपाईंले यि स्टार्टअप प्रोग्रामलाई हेरेर कुन कुन प्रोग्राम आफुलाई जरुरी छ त्यसलाई मात्र enable राखी अरुलाई disable गरी आफ्नो कम्प्युटरको गतीलाई छिटो बनाउन सक्नु हुन्छ । कम्प्युटरको startup प्रोग्राम हेर्नको लागि:- @ start बटन मा क्लिक गरेर Run option मा क्लिक गर्नुहोस् @ खुलेको window मा msconfig टाईप गर्नुहोस् । @ ok बटनमा क्लिक गर्नुहोस् @ System Configuration Utility को window खुल्नेछ । @ त्यहा StartUp Tab मा क्लिक गर्नुहोस् @ त्यहा आफ्नो कम्प्युटरमा चलीराखेका प्रोग्रामहरुको लिस्ट र रजिस्ट्री कि हरु देखिनेछ । @ यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई startUp बाट हटाउन चाहनु हुन्छ त्यसलाई uncheck गर्नुपर्ने हुन्छ । ध्यान दिनुपर्ने कुरा तपाईंले यि प्रोग्रामहरुलाई uncheck गर्दा Antivirus र अरु जरुरी प्रोग्रामहरुलाई uncheck नगर्नुहोला । सिर्फ यस्ता प्रोग्रामहरु मात्र हटाउनुहोस् जसको बारेमा तपाइलाई थाहा छ जस्तै : Winamp Agent, Google Talk, Adobe reader Launche वा अरु तपाईंले install गर्नु भएका application हरु.. |

फेसबूकमा साथी हुन चाहनुहुन्छ ?

अन्य पोस्टहरु:

NEWS